मोरङमा जुवा अखडा : दुई लाख बढी नगद सहित ९ जुवाडे पक्राउ

मोरङमा जुवा अखडा : दुई लाख बढी नगद सहित ९ जुवाडे पक्राउ

मोरङ, जेष्ठ २८ गते।

मोरङको ग्रामथान गाउँपालिका ४ कटहराबाट दुई लाख त्रिरासी हजार पन्चानब्बे रुपैयासहित ९ जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएका छन।

स्थानीय सुजित माझीको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हरैचाको टोलीले माझीको घरबाट कौडा खेल्दै गरेका ९ जनालाई आइतबार राती नियन्त्रणमा लिएको हो।

जुवाको खालबाट एक सेट (१६ वटा) कौडा, नगद २ लाख ८३ हजार ९ सय ९५ रुपैया तथा जुवाडेहरुको सात थान मोवाईल र आठ वटा मोटरसाइकल समेत बरामद गरिएको छ।

सबै जुवाडेहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्