ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा आगलागी, दुई करोड बराबरको धनमाल क्षति

<span class='c1'>ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा आगलागी,</span> <span class='c2'>दुई करोड बराबरको धनमाल क्षति</span>

सुनसरी, जेष्ठ २८ गते।

सुनसरीको ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा गएराती आगलागी भएको छ।

इटहरी उपमहानगरपालिका ९ गोल्डेन चौकस्थित ईन्द्र बहादुर कार्कीको आफ्नै घरमा रहेको ईन्द्र फैन्सी स्टोरमा राती ११:३० बजे अचानक आगलागी भएको थियो।

आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा को २५ प ४९३२ नम्बरको स्कुटर जल्दा करिब दुई करोड पचास लाख बराबरको धनमाल क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ।

आगलागी ईटहरी, ईनरुवा, धरान र दुहवीबाट पाँच वटा वारुणयन्त्रण गएपछि नियन्त्रण भएको थियो।

आगो लाग्नुको कारणबारे खुल्न नसकेकोले अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्