लिलिपुटका विद्यार्थीहरूलाइ रक्तदानकाे सेचतना प्रदान

लिलिपुटका विद्यार्थीहरूलाइ रक्तदानकाे सेचतना प्रदान

लिलिपुट मन्टेश्वरी स्कुलका विद्यार्थीहरुका लागि रक्तदान सम्बन्धि सचेतना कार्यक्रम अायाेजना गरिएकाे छ । विश्व रक्तदाता दिवसकाे सप्ताहकाे अवसर पारेर विराटनगरकाे तिनपैनीमा अवस्थित लिलिपुटमा युथ फर ब्लडका स्वयमसेवकहरूबाट उक्त सचेतना कार्यक्रम गरिएकाे हाे । कार्यक्रम लिलिपुट मन्टेश्वरी र युथ फर ब्लडकाे संयुक्त अायाेजनामा भएकेा थियाे ।
कार्यक्रममा लिलिपुटकाे कक्षा ८,९ र १९ कक्षामा अध्ययनरत करिब ४० विद्यार्थीलाइ रक्तदानकाे महत्वकाे बारेमा जानकारी गराइएकाे थियाे । प्रत्येक बालबालिकाले अाफ्नाे १८ अाैं जन्मदिन रक्तदान गरेर मनाउन भन्ने उद्देश्य सहित युथ फर ब्लडले विभिन्न विद्यालयहरूमा बालबालिका केन्द्रित रक्तदान सचेतना कार्यक्रम संचालन गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्