मोरङ फुटबल क्लबका खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तण

मोरङ फुटबल क्लबका खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तण

विराटनगर २८ जेठ ।
काठमाडौंमा हुने १८ बर्ष मुनिको ललित स्मृति युथ फुटबल प्रतियोगितामा सहभागी मोरङ फुटबल क्लबका खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरिएको छ । विराट सांग्रिला स्पोर्टिङ क्बलले सहयोगी भुमिका निर्वाह गर्दै हाइलाइफ सुज एण्ड स्लिपर विराटनगरले खेलाडीहरुलाई एक लाख ६० हजार मुल्य बरावरको खेल सामाग्री प्रदान गरेको हो ।
खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एक कार्यक्रम विच सामाग्री हस्तान्तरण गरे । खेलाडीहरुलाई जर्सी, जुत्ता, बल लगायतका सेट सामाग्री प्रदान गरिएको थियो । खेलाडीलाई ४० थान जर्सी, २२ जोर जुत्ता, ५ वटा बल दिइएको छ ।
प्रतियोगिता अन्र्तगत समूह बी मा रहेका मोरङको टोलीले पहिलो खेल असार १० गते विभागीय टोली नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरि दोश्रो खेलमा १२ गते काठमाडौंको व्रिगेड ब्वाई र १४ गते जाउलाखेल फुटबल क्लबको सामना गर्नेछ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली , मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल, पूर्व केन्द्रीय उपाध्यक्ष सन्तोष बानिया, हाइलाइफका कार्यकारी निर्देशक बिकास चौधरी, विराट सांग्रिला स्पोर्टिङ क्बलका अध्यक्ष रुपेश अधिकारीले खेलाडीहरुलाई शुभकामना दिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्