विराटनगरको मेरील्याण्ड कलेज नेपाल कै सर्वोउत्कृष्ठ दोस्रो

विराटनगरको मेरील्याण्ड कलेज नेपाल कै सर्वोउत्कृष्ठ दोस्रो

विराटनगर २८ जेठ । विगत १६ वर्ष अघि संञ्चालनमा आएको विराटनगरको मेरील्याण्ड कलेज नेपाल कै सर्वात्कृष्ट दोस्रो स्थानमा पर्न सफल भएको छ । विराटनगर रंगेली रोडमा रहेको कलेजले कक्षा १२ को नतिजा आधारमा नेपाल कै दोस्रो स्थान प्राप्त गरेको कलेजले दावी गरेको छ ।

मेरील्याण्ड कलेजले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजले पहिलो पटक देशभरी मध्येबाट उकृष्ठ दोस्रो स्थानमा परेको जनाएको छ । विगत १२ बर्षदेखि नै देशभरी मै टप टेन स्थानमा ओगट्दै आएको कलेज यसपटक दोस्रो स्थानमा पर्न सफल भएको कलेजका प्रिन्सीपल लक्षमण ढकालले जानकारी दिनुभयो । यसपटक प्रदेश एक बाट प्रथम र नेपालभरिको ४८ सय भन्दा बढी विद्यालयबाट दोस्रो स्थान भएको ढकालले बताए । यसै विच कलेजले विविएसमा गोल्ड मेडल र गत बर्ष सिएमा नेपालको दोस्रो र छैठौ स्थानमा परिसकेको कलेजले जनाएको छ । कलेजले आगामी दिनहरुमा विराटनगर कै शैक्षिक विकास र अभिभावहरुको विश्वास  जित्दै जाने विश्वास लिएको छ ।

मेरील्याण्ड कलेजले बिबिएमको अध्ययनका लागी बाहिर जान नपर्ने गरी बेलायतको सरकारी विश्वविद्यालयको डिग्री पनि विराटनगरमा सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्