पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने नेपाल आयल निगमका डीपो प्रमुख पक्राउ

<span class='c1'>पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने नेपाल</span> <span class='c2'>आयल निगमका डीपो प्रमुख पक्राउ</span>

धनुषा, २८ जेठ  ।  पेट्रोलियम पदार्थको बिलिङ नगरी बजारमा पेट्रोल र डिजेलको कृत्रिम अभाव गराएको अभियोगमा नेपाल आयल निगमका डीपो प्रमुखलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरमा रहेको आयल निगमको डीपो प्रमुख मोहन कुमार साहसहित पेट्रोलियम डिलर्स एशोसिएसन धनुषाका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ धनुषाका अध्यक्ष किसुनदेव साहलाई पक्राउ गरेको हो । उनीहरुले पेट्रोलियम पदार्थको सहज वितरणमा अवरोध पुर्याइ बजारमा कृत्रिम अवरोध पुर्याएको प्रहरीले जनाएको छ ।

इन्धन बोक्ने ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन धनुषा र पेट्रोलियम ढुवानी संघ धनुषाबीच विवाद भएको थियो । सोही विषयलाई लिएर डीपो प्रमुख साहले सिन्डिकेट लगाएको पेट्रोलियम ढुवानी संघ धनुषाले आरोप लगाएको छ । पेट्रोल पम्प सञ्चालकहरुले ट्यांक्टर चालकलाई ढुवानी गरेवापत दिँदै आएको ६ सय रुपैयाँ भत्ता कटौती गरेपछि विवाद बढेको थियो । सोही विषयमा केही दिन अगाडि भएको छलफलमा पेट्रोलियम पदार्थको वितरण र ढुवानीमा अवरोध नगर्ने सहमति भएको थियो ।

धनुषाको महेन्द्रनगरस्थित डिपोबाट धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा दैनिक इन्धन वितरण हुने गर्छ । तर उक्त डिपोबाट विगत तीन दिनदेखि पेट्रोलियम पदार्थको बिलिङ नै भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्