सिंगापुर । विश्वले चासोका साथ हेरिरहेको अमेरिका र उत्तर कोरीयाको शिखर वार्ता शुरु भएको छ । सिंगापुरको सेण्टोसा टापूमा रहेको क्यापेल्ला होटलमा वार्ता शुरु हुनु पहिले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किमले एक्लाएक्लै अर्थात ‘वान अन वान’ वार्तामा बस्नुअघि हात मिलाएर संक्षिप्त प्रतिक्रिया दिएका छन् ।दुवैजनाले वार्ता सफल हुनेमा आशावादी रहेको बताएका छन् । ट्रम्पले बार्ता अत्यन्तै सफल हुनेमा आशाबादी रहेको बताउनुभयो । उत्तर कोरीयाली नेताको नजिकै बसेका राष्ट्रपति ट्रम्पले आफुहरु (अमेरिका र उत्तर कोरीया) बिच आउँदा दिनमा गज्जबको सम्बन्ध हुने आशा पनि ब्यक्त गर्नुभयो । त्यस्तै उत्तर कोरीयाली नेता किमले अनेकौ चुनौतीहरुका बिच आफुहरुबिच वार्ता शुरु हुन लागेको भन्दै सवैखालका चुनौती समाधान गरेर अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।