दुई किलो गाँजासहित दुई पक्राउ, दुई हजार बोट फडानी

<span class='c1'>दुई किलो गाँजासहित दुई पक्राउ,</span> <span class='c2'>दुई हजार बोट फडानी</span>

धनकुटा, २८ जेठ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ बाट प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी सिधुवाबाट खटिएको टोलीले जथर जोरपाटी–४ बस्ने ईन्द्र बहादुर अधिकारीे र झपट बहादुर नेपालीको घरबाट एक–एक किलो गाँजा बरामद गरेको हो। उनीहरुको घरको माथिल्लो तलामा प्लाष्टिकले पोका बनाई लुकाई राखेको अवस्थामा गाँजा बरामद भएको थियो । दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।
त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका ७ मा प्रहरीले गाँजा फडानी गरेको छ। महालक्ष्मी नगरपालिका ७ अर्खौले स्थित कमला बुढाथोकी, रामचन्द्र पौडेल, धनबहादुर श्रेष्ठ र हिरा पराजुलीको बारीमा रहेको गाँजा प्रहरी चौकी जितपुरबाट गएको टोलीले फडानी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्