पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

<span class='c1'>पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा</span> <span class='c2'>प्रधानमन्त्री ओलीको पुत्ला दहन</span>

काठमाडौं, जेठ २९ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

नेवि संघ नेता सुवास अधिकारीको अगुवाइमा पार्टी कार्यालयबाट मनाङ चौतारा, सेराचोक हुँदै सुरु भएको जुलुस चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सोमबार साँझ मसाल जुलुसको तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले कडा निगरानी गरेपछि सिटी जुलुस प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्