आरके ज्वेलर्समा छापा , जफत गरिएका सुनचाँदी मोरङ अदालतमा पेस गरिने

<span class='c1'>आरके ज्वेलर्समा छापा , जफत गरिएका</span> <span class='c2'>सुनचाँदी मोरङ अदालतमा पेस गरिने</span>

न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयका सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै सामग्री जफत गरेको छ ।

समितिले पसलमा शीलबन्दी पनि गरेको छ ।

न्युरोड विशालबजारमा रहेका दुई पसल र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा अनुसन्धान टोलीले विभिन्न निकायको रहोबरमा छापा मारेको थियो ।

छापा मार्न पुगेको टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए ।

ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परेर पूर्पक्षका लागि मोरङ कारागारमा छन् । यसअघि शुक्रबार प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । अनुसन्धान टोलीका एक सदस्यले जफत गरिएको सुनको बिस्तृत अनुसन्धान गरिने जानकारी दिए ।

सुनका सबै कागजात हेरेर थप विवरण भन्न सकिने उनले बताए । गोरेको समुहले भित्र्याउने गरेको अवैध सुनमा श्रेष्ठको पनि लगानी रहेको अनुसन्धान टोलीले औल्याएको थियो ।

माघ ९ गते दुबईबाट नेपाल ल्याइएको भनिएको अवैध साढे ३३ किलो सुन एकाएक गायब भएपछि यो विषय सार्वजनिक भएको थियो । त्यसैसँग जोडेर सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले अनुसन्धान टोली बनाएको छ । टोलीले यसअघि नै ६३ जनालाई दोषी ठहर गरेको छ भने आफ्नो अनुसन्धान पनि जारी राखेको छ ।

संजिप शाक्यको जाहेरीले बादी नेपाल सरकार प्रतिवाद राजेन्द्र कुमार शाक्यसमेत भएको अपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध चोरी पैठारी निकासी, अपहरण, शरीर बन्धक, यातना र कर्तव्य ज्यान मुद्धाको कारवाहीको सिलसिलामा संगठित अपराध निवारण ऐन, २०७० को दफा १५  र १६ मा ‘संगठित अपराध गरेको आरोप लागेका व्यक्तिहरुले त्यस्तो अपराधबाट प्राप्त गरेको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न वा बिक्री वितरण गर्न वा कुनै उपायले लुकाउन वा परिवर्तन गर्न सक्छन्, संगठित अपराधका प्रतिवादीी तथा निजका परिवारको सदस्यहरुको नाममा रहेको चल अचल सम्पत्ति तथा कारोबार समेत रोक्का राख्ने भन्ने समेतको प्रावधान अनुसार छापा मारिएको समितिले जनाएको छ ।

समितिले दरबारमार्ग, विशालबजार र न्युरोडमा रहेका तीनवटा पसलमा छापा मारेको थियो । त्यहाँ भएका सबै सामग्री नियन्त्रणमा लिएर पसल शिलबन्दी गएिको समितिले जनाएको छ । नियन्त्रणमा लिइएको सबै सामग्री मोरङ जिल्ला अदालतमा बुझाइने भएको छ ।
तीनवटै पसलबाट जम्मा गरिएको सामग्री मोरङ पठाइनेछ ।(बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्