धनकुटामा आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण

धनकुटामा आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण

धनकुटा जेठ २९ । धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ ।

सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ ।

धनकुटा नगरपालिकाको ८३ प्रतिशत अनुदान सहयोग र स्थानीय कृषक समूहको लगानीमा नगरका विभिन्न सातवटा कृषि समूहलाई प्रतिगोटा रु ७३ हजार मूल्य पर्ने रु पाँच लाख ११ हजार बराबरका सातवटा टिलर वितरण गरिएको छ ।

गोरुले जोतेर गरिने कृषिले जीविकोपार्जनलाई व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न आगामी पाँच वर्षभित्रमा गोरु पाल्ने किसानलाई मिनीटिलरबाट नै जोत्ने व्यवस्था गरिने नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

धनकुटा नगरपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रमा रु ५० लाख बजेट विनियोजन गरेर थप आधुनिक कृषि उपकरण वितरण गर्ने योजना रहेको प्रमुख तामाङकाे भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्