विराट चोकमा आयो विश्वकपको मज्जा लिदै हेर्न पाईने नयाँ रेष्टुरेण्ट

विराट चोकमा आयो विश्वकपको मज्जा लिदै हेर्न पाईने नयाँ रेष्टुरेण्ट

विराटनगर ३० जेठ । पूर्ण पारिवारिक र शान्त वातावरणमा रहेको ‘द स्वाद रेष्टुरेण्ट एण्ड बार’ संञ्चालनमा आउने भएको छ । विराटनगरको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेण्टबाट अध्ययन गरेका सुमन बानियाँले ‘द स्वाद रेष्टुरेण्ट एण्ड बार’ संञ्चालनमा ल्याउने तयारी गरेका हुन ।
दक्ष तथा अनुभवी युवा जमातद्धारा विराट चोक १० सुन्दर हरैचामा आगामी जेठ ३१ गते विश्वकप फुटबलको उद्घाटन खेलको दिन संञ्चालनमा ल्याउने तयारी गरेका छन् । विश्व कपको दिन रेष्टुरेण्टमा विभिन्न अफरहरु समेत राखिएको उनले बताए । करिब ५० लाखको लागतमा संचालनमा आउन लागेको रेष्टुरेण्ट पूर्ण पारिवारिक वातावरण तथा शान्त वातावरण रहेको संञ्चालक बानियाले जानकारी दिए ।
यसका अलवा प्रयाप्त पार्किङ, फ्रि वइफाइ, पानीमा शूद्धीकरण, गुणस्तरीय खाना र व्यवहारमा शिष्टता नै होटलको पहिचान रहेको संचालक बानियाले बताए । संचालक बानियका अनुसार, इण्डियन, चाइनिज, इटालियन लगायत नेपाली खानाको परिकार पाइनेछ । रेष्टुरेण्टमा करिब सय जना भन्दा बाढीलाई सेवा दिन सकिने उनले जानकारी दिए । विश्वकपको अबसर पारेर सञ्चालनमा आउन लागेको रेष्टुरेण्टमा विश्वकपको पनि मज्जा दिन विभिन्न स्किमहरु ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्