अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स

<span class='c1'>अब एक महिनाभित्रै</span> <span class='c2'>स्मार्ट लाइसेन्स</span>

काठमाडौं, ३० जेठ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई हुन सकेको थिएन । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ । तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको छ । अबको दुई महिनापछि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्