काँग्रेस महाधिवेशन छिट्टै गर्न कोइरालाको माग

काँग्रेस महाधिवेशन छिट्टै गर्न कोइरालाको माग

विराटनगर, जेठ ३० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ ।

कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाउनुभयो । प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता डा कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो ।

उहाँले सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा प्रकट गर्नुभयो । पत्रकारको जिज्ञासामा उहाँले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता रसर्वसतावादतर्फ अग्रसर हुने सम्भावना व्यक्त गर्नुभयो ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्