ईटहरीमा अश्लील क्रियाकलापमा संलग्न पाँच जना नियन्त्रणमा

ईटहरीमा अश्लील क्रियाकलापमा संलग्न पाँच जना नियन्त्रणमा

सुनसरी, जेठ ३०

सुनसरीको ईटहरी उपमहानगरपालिका – ६ खेतीखोलाबाट प्रहरीले अश्लील क्रियाकलापमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप संचालन गर्ने गरेको आरोपमा प्रहरीले ईटहरी बस्ने तीन युवती तथा मोरङका दुई युवाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले हिजो साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका युवतीहरुले स्थानीय बिष्णु आचार्यको घर भाडामा लिई यौनजन्य गतिविधी संचालन गर्ने गरेको भन्ने विशेष सुचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्