डा. विष्टद्धारा छात्रबृतीको लागि अक्षयकोष स्थापना

डा. विष्टद्धारा छात्रबृतीको लागि अक्षयकोष स्थापना

विराटनगर, ३० जेठ ।
विराटनगरमा रहेको श्री कृष्ण गंगा लागु पदार्थ दुरुपयोग निवारण केन्द्रका संचालक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले दुई जना विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । एक कार्यक्रमका बिच आदर्श माध्यमिक विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलाल र डा. विष्ट बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कुनै बेला आफै अध्ययनरत आदर्श विद्यालयमा कक्षा ११ र १२ कक्षामा विज्ञान विषय लिई अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । आफना आमा–बुवाको स्मृतीमा स्थापित छात्रवृत्तिको अक्षय कोषमा ३ लाख रहेको छ ।
डा.विष्ट विगत लामो समयदेखि रोटरी, लायन्स लगायतका सामाजिक संस्थाको माध्यमबाट पनि सामाजिक कार्य गर्दे आएका छन । डा. विष्ट रोटरी क्लबका मेजर डोनर पनि हुन । अक्षय कोष स्थापना पछि बोल्दै डा. विष्टले आफ्नो प्रयास सदैव समाजको रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्