सुनसरी, जेष्ठ ३१ ।
धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा नापी कार्यालयका एक जना अमीनको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङ जिल्ला तुलसीपुर-११ घर भई धरानस्थित नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेका छन।
बुधबार साँझ ८ बजेतिर धरान-१२ छाता चौकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्याक्टरसंग ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राती १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। ट्याक्टरका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।
यता सुनसरी रामधुनी नगरपालिका-१ झुम्कास्थित पूर्ब पश्चिम राजमार्गमा नम्बर खुल्न नसकेको पिकअपले ठक्कर दिंदा साइकलयात्री झुम्का निवासी ३७ वर्षीय धिरेन चौधरी र सुनसरी वराह नगरपालिका ४ बस्ने १६ वर्षीय अनिल विक घाइते भएका छन।
उनीहरु सवार साइकललाई पश्चिमबाट आउदै गरेको खरानी रंग कलरको पिकअप भ्यानले ठक्कर दिएर भागेका थिए।
सामान्य घाईते दुबै जनालाई स्थानीय मोर्डन मेडिकल झुम्कामा उपचार गराइएको छ भने दुर्घटनामा संलग्न गाडी बारे प्रहरीबाट अनुसन्धान एवं खोजी भईरहको छ।