ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

<span class='c1'>ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा</span> <span class='c2'>ओलीको पुत्ला दहन</span>

ताप्लेजुङ, जेठ ३१ । सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित सदरमुकाम फुङलिङमा आज विहान प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले ताप्लेजुङमा समेत चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

यसअघि ठाउँठाउँमा मशाल जुलुस निकाल्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको नेविसंघ ताप्लेजुङका सभापति डम्बर हाङ्गामले जानकारी दिए ।

राष्ट्रवादको नारा लगाउँदै सत्तामा पुगेको सरकारले जनताको हित विपरित काम गरेकाले आन्दोलित हुनु परेको हाङ्गामको भनाई छ ।

पेट्रोलियम पदाथर्का साथै उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने नेविसंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्