झापामा प्रहरीले ‘बडी क्यामेरा’ राखेर अनुसन्धान गर्न थाल्यो

<span class='c1'>झापामा प्रहरीले ‘बडी क्यामेरा’</span> <span class='c2'>राखेर अनुसन्धान गर्न थाल्यो</span>

बनियानी, झापा। इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ ।

अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भन्नुभयो, “यो प्रविधिले अपराधीमात्र होइन प्रहरीको चालचलन र गतिविधिबारे जानकारी लिन पनि सहज हुन्छ, कतिपय घटनामा प्रहरी पनि दोषी भएको आरोप लाग्ने गरेको छ ।”

इप्रकाबाट क्यूआटी मोटरसाइकलमा परिचालन हुने र गस्तीमा जाने प्रहरीका लागि ‘बडी क्यामरा’ जडान गरिएको हो । मोटरसाइकलमा हिँड्नेको हेलमेट र गस्तीमा हिँड्नेको शरीरमा साना क्यामरा फिट गरिएको प्रहरीले जनाएको छ ।

प्रविधिको प्रयोगबाट अनुसन्धान छिटो सम्पन्न हुने र पीडितले चाँडै न्याय पाउने प्रहरीको अपेक्षा छ । इप्रकाले यसअघि नै नगरका विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्