पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

धनगढी, ३१ जेठ । पेट्रोलियम पद्धार्थमा भएको मृल्यबृद्धीको विरोध गर्दै नेपाल विद्यार्थी संघले केहीबेर अघि कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । तत्काल मूल्य बुद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
उनीहरुले र्तमान सरकारलाई नालायक सरकारको संज्ञा समेत दिएका छन् । सरकार वाहिर रहेको नेपाली कांग्रेसले बिद्यार्थीहरु मार्फत सरकारको बिरोध गर्न शुरु गरेको छ । पछिल्लो एक महिला भित्र झण्डै १० रुपैयाँ ईन्धनमा मुल्य बृद्धी भएको भन्दै बिद्यार्थीहरु आन्दोलनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्