विश्व रक्तदान दिवसकाे अवसरमा विराटनगरकाे दुइ स्थानमा रक्तदान

विश्व रक्तदान दिवसकाे अवसरमा विराटनगरकाे दुइ स्थानमा रक्तदान

विराटनगर ३१ जेठ । विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो दिवस हरेक वर्ष जुन १४ अर्थात् आजकै दिन विश्वभर मनाउने गरिन्छ ।
यसै अवसरमा विराटनगरमा पनि विभिन्न स्थानमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । विहिबार बिहान विराटनगरको नमस्कार होटलमा रक्तदान गरिएको छ । यस रक्तदान नमस्कार होटल मेनेजेमन्ट स्कुल, लायन्स क्लव अफ विराटनगर पाथीभरा, लायन्स क्लव अफ विराटनगर योङहार्ट र यूथ फर ब्लड मोरङको सयुक्त आयोजनामा भएको थियो । रक्तदान कार्यक्रममा १३ युनिट रगत संकलन गरिएको थियो ।

त्यसै गरी दिउसो सेन्ट जोसेप उच्च माध्यमिक विद्यालयमा पनि युथ फर ब्लड र उक्त स्कुलले मिलेर रक्तदान कार्यक्रम गरेको थियो । रत्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । रगतको क्षेत्रमा काम गर्दै आएको संस्थाले स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई रत्तदान कसरी गर्ने र किन गर्ने भन्ने विषयमा जानकारी गराईएको युथ फर ब्लड मोरगंका उपाध्यक्ष अंकित दासले बताए । उनले युथ फर ब्लडले विश्व रक्तदाता दिवसका अवसरमा यस साता भरि नै विद्यालय सचेतना कार्यक्रम, रक्तदान तथा अन्य थुप्रै कार्यक्रमहरु आयोजना गरेको बताए ।
यसै गरि युथ फर ब्लडले मोरगं जिल्ला सँगसँगै सुनसरी , झापा, काठमाडौं र चितवन जिल्लामा समेत यस दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्