उद्घाटन खेलमा रसियाले गर्यो गोलको वर्षा, साउदी ५–० ले पराजित

<span class='c1'>उद्घाटन खेलमा रसियाले गर्यो गोलको</span> <span class='c2'>वर्षा, साउदी ५–० ले पराजित</span>

काठमाडौं  १ असार ।  फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा आयोजक रसियाले साउदी अरबविरुद्ध गोलको वर्षा गरेको छ ।  मस्कोस्थित लुजिन्की रंगशालामा  बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–०ले पराजित गरेको हो ।  खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान्जिनस्काईले  सुरुवाती गोल गरे । यसैगरी ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे भने ७१ औं मिनेटमा  अर्तेम जुबाले टीमको लागि तेस्रो गोल हाने ।   यसैगरी खेलको इन्जुरी समयमा फेरि रसियाले थप दुई गोल गर्दै ५–० को जित निकाल्यो । इन्जुरी समयमा डेनिसले  व्यक्तिगत दोस्रो गोल गरे भने अलेकसन्डर गोलोभिनले पनि एक गोल थपे ।  योसँगै प्रतियोगिताकै कमजोर मानिएको रसियाले उत्साहजनक सुरुवात गरेको छ ।

समूह एमा रहेको रसियाले अब इजिप्टको सामना गर्नेछ भने साउदीले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्