विराटनगर, १ असार ।
मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स प्रा.लि.मा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ। भारत सितामाढी गंगबाराबुजुर ५ घर भएका २३ वर्षीय रन्जन कुमारको गएराती करेन्ट लागेर ज्यान गएको हो । गएराती डिउटीमा रहेका बेला करेन्ट लागेको उनको उपचारका क्रममा मृत्यु भएको हो ।
राती साढे १० बजे मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो। उनको सोही अस्पतालमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।