बिराटनगरको भाटभटेनीमा यो महिना पनि १०% छुट कायमै

बिराटनगरको भाटभटेनीमा यो महिना पनि १०% छुट कायमै

बिराटनगर असार १ , भाटभटेनी सुपर मार्केट बिराटनगर शाखाले असार महिनामा पनि सुरु देखि दिदै आएको १०% छुट कायमै राख्ने निर्णय गरेको छ ।

भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा बिराटनगरमा औपचारीक रुपमा सञ्चालनमा आएको २ महिना भएको छ । गत वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा हरेक दिन ग्राहकको भिड लाग्ने गरेको छ  ।

बजारभन्दा सस्तोमा सामान पाउन थालेपछि हाल बिराटनगर तथा आसपासका मानिसको लागि भाटभटेनी सामान किन्ने मुख्य थलो बन्न पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्