रोनाल्डोमाथि २ वर्षको जेल सजाय, अब के हुन्छ ?

रोनाल्डोमाथि २ वर्षको जेल सजाय, अब के हुन्छ ?

काठमाडौं, २ असार ।    चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ ।   रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ । रोनाल्डो पोर्चुगाली राष्ट्रिय टोलीका कप्तान हुन् भने रियल म्याड्रिडबाट व्यावसायिक खेल खेल्छन् ।

जरिवाना तिरे रोनाल्डोले जेल जानुपर्ने सम्भावना कम हुनेछ । स्पेनिस कानून अनुसार कुनै व्यक्तिले २ वर्षभन्दा कम जेल सजाय हुने अपराध गरेको खण्डमा सुध्रने अवसर पाउँछ । ३३ वर्षका रोनाल्डोमाथि १४ दशमलव ७ मिलयन युरो कर छलेको अभियोग छ । यद्यपी, उनका एजेन्टले यो अभियोग अस्विकार गर्दै आएका छन् । रोनाल्डोले आजको  स्पेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

रोनाल्डोको तर्फबाट यस विषयमा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । यसअघि बार्सिलोनाका लियोनल मेसीमाथि सन् २०१७ मा २१ महिनाको जेल सजाय सुनाइएको थियो । उनले स्पेनिस कानून अनुसार जरिवाना तिरेकाले जेल जानु परेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्