एम्बुलेन्स दुर्घटना हुँदा चालक मृत्यु

एम्बुलेन्स  दुर्घटना हुँदा चालक मृत्यु

धनुुुुषा, २ असार  । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

बिरामी पुर्याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा चालक नगरपालिका वडा नं १ निवासी २३ वर्षीय सन्तोषकुमार रायको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्