अमेरिकन सैमसोनाईटको उत्पादित सामान विराटनगरमा, सस्तो मुल्यमा गुणस्तरिय सामान प्रदान गर्ने

अमेरिकन  सैमसोनाईटको उत्पादित सामान विराटनगरमा, सस्तो मुल्यमा गुणस्तरिय सामान प्रदान गर्ने

विराटनगर २ असार । सैमसोनाईट , अमेरिकन टुरिस्टर र कामिलियंटले उत्पादन गरेका आफ्ना सामान विराटनगरमा पनि ल्याएको छ ।
सैमसोनाईट नेपालले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ग्राहकलाई सस्तो मुल्यमा गुणस्तरिय सामान प्रदान गर्ने उद्देश्य साथ कम्पनीद्धारा उत्पादित सामान बजारमा ल्याएको हो । नेपालमा सन् २००० बाट बिक्री विरतण सुरु गरेको सैमसोनोइटले पछिल्लो समय पुर्वका मुख्य सहरहरुमा विस्तार गराउदै आएको सैमसोनाइट नेपालका आधिकारीक अभिक मित्रले जानकारी दिए ।
सैमसोनाइटले हार्ड साईड ब्रीफकेस, सफ्ट साईड ब्रीफकेस, बैकप्यक, डफल्स, सहायक उपकरण लगायतका समान विक्री वितरण गर्दै आएको छ । कम्पनीद्धारा उत्पादित सामान डिपार्टमेन्टल स्टोर, जनरल स्टोर र एक्सक्लुजिव सोरुमबाट बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ३ वर्ष सम्म वारेन्टी लिने दावी गरेको छ । ग्लोवल वारेन्टी भएका कारण जुनसुकै मुलुकबाट पनि एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
सैमसोनाइट नेपालले विराटनगरको भाटभटेनी, सुरवी , केवल ईम्पेक्स र केहीदिनपछि सेन्ट्रल महलमा पनि राखेर बिक्री वितरण गर्ने पूर्वाअञ्चल वितरक आशिष धनावतले जानकारी दिए । आगामी दिनमा पूर्वका मुख्य शहर ईटहरी, धरान, धनकुटा, दमक, विर्तामोड र ईलाम सम्म यसको विक्री केन्द्र राख्ने धनावतले बताए । सैमसोनाईट , अमेरिकन टुरिस्टर र कामिलियंटले उत्पादन गरेको सामानको मुल्य ४ हजार देखि २० हजारसम्मको मुल्यमा खरिद गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्