विश्वकप खेल्न आफ्नै विमानमा रुस पुग्ने यी खेलाडीहरुका आफ्नै विमान

विश्वकप खेल्न आफ्नै विमानमा रुस पुग्ने यी खेलाडीहरुका आफ्नै विमान

रुसमा अहिले २१ औं संस्करणको विश्वकप फुटबल जारी छ । विश्वभर नै विश्वकपको चर्चा भइरहेको छ । करोडौं दर्शकले विश्वकप फुटबललाई हेरिरहेका छन् । खेलाडीका फ्यानहरुले आफूलाई मन पर्ने खेलाडीको जस्तै हेयर स्टाइल, ट्याटु बनाउन थालेका छन् । विश्वका करोडौं दर्शकले पछ्याउने यस्ता खेलाडीको जीवन शैली कस्तो होला भन्ने चासो राख्नु स्वभाविक हो । क्रिस्टियानो रोनाल्डो, मेसीजस्ता खेलाडीको लाइफस्टाइल सामान्य छैन । उनीहरुको हैसियत निजी विमानमा यात्रा गर्ने खालको छ । क्रिस्टियानो रोनाल्डो : 
फुटबलरमध्ये सबैभन्दा महँगो जेट विमान पोर्चुगी तथा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोसँग छ । गल्फस्ट्रिम जी ६५० सिरिजको जेट किन्न रोनाल्डोले ६५ मिलियन डलर खर्च गरेका छन् ।
दुई इन्जिन जडित जी ६५०ले दिनमा २९ सय ५० किलोमिटर माइल्स दूरी तय गर्न सक्छ । यो विमानको प्रतिघण्टा ६१० माइल्स स्पिड क्षमता छ । १८ व्यक्ति सहजै अटाउन सक्ने जेट विमानलाई रोनाल्डोले सिआर सेभेन नाम दिएका छन् । उनी महंगा खालका कारका पनि शोखिन हुन् ।

लियोनल मेसी : विश्वका सवैभन्दा चर्चित फूटबलर लियोनल मेस्सी अर्जेन्टिनाका खेलाडी हुन् । मेसीसँग दोस्रो सर्वाधिक मूल्यको जेट विमान छ । इब्राएर लेगासी ६५० सिरिजको यो विमान किन्न उनले २५.९ मिलियन डलरमा किनेका हुन् ।
प्रतिघण्टा ५ सय २८ माइल्स स्पिडमा उड्ने लेगासी ६५०ले दिनमा ११ सय ३४ किलोमिटर उडान भर्न सक्छ । १४ यात्रु बस्न सक्ने यो विमानले १० वर्षमा १० हजारपटक उडान भर्न सक्ने कम्पनीको दाबी छ । मेसी परिवार जहाँ जाँदा पनि यही विमान प्रयोग गर्छन् ।

जाल्टन इब्राहिमोभिच (स्विडेन) : स्ट्राइकर जाल्टन इब्राहिमोभिचले सेस्ना सिटासन लङगिच्युड विमान प्रयोग गर्छन् । सिटासनको नयाँ सिरिज २०१६ मा लन्च भएको थियो । सन् २०१७ को लङच्युड सिरिज आउँदा इब्राहिमोभिचले २७ मिलियन डलरमा यो विमान खरिद गरेका हुन् ।

पाउल पोग्वा (फ्रान्स): फ्रान्सका सुपरस्टार पाउल पोग्वा पनि आफ्नै निजी विमानमा यात्रा गर्छन् । म्यानचेस्टर युनाइटेडमा कीर्तिमानी रकममा अनुबन्ध भएका पोग्वासँग गल्फस्ट्रिम जी २८० नामको निजी जेट छ । उनले यो जेटका लागि २४.५ मिलियन डलर खर्चेका छन् । प्रतिघण्टा ५ सय ५९ माइल्स स्पिडमा उड्ने गल्फस्ट्रिम जी २८० ले दिनमा ३६ सय माइल्स दूरी तय गर्न सक्छ । लक्जरी क्याबिनको सुविधा भएको जेटमा १० यात्रु सहजै अटाउन सक्छन् । पोग्वाले जेटभित्र बेड पनि राखेका छन् । यात्रा गर्दा त्यही बेडमा बस्छन् ।

गेराथ वेल (वेल्स) : सन् २०१३ मा जब वेल स्पेनिस महारथी रियल म्याड्रिडसँग आबद्ध भए, तब उनको कमाइ र चर्चा दुबै बढ्न गयो । जसका कारणा वेलको लाइफस्टाइल बदलियो । उनले सेस्ना सिटासन एक्सएल प्लस जेट विमान किनेका छन् । वेलले यसका लागि ८६ लाख पाउन्ड खर्चेका छन् । यो काकाकै जेट विमानजस्तो हो । तर, वेलको केही फरक छ । यो प्रतिघण्टा ५ सय ७ माइल्स स्पिडमा उड्न सक्छ भने दिनमा २१ सय माइल्स उड्ने क्षमता राख्छ । वेल रियल म्याड्रिडबाट वेल्स जाँदा यही जेट प्रयोग गर्छन् ।

नेमार जुनियर (ब्राजिल) : ब्राजिलयन नेमार जुनियर विश्वकै महँगा फुटलबर हुन् । गत सिजनमा नेमार बार्सिलोनाबाट पिएसजीमा १९ करोड ९० लाख पाउन्डमा अनुबन्ध भएका थिए । चुलबुले युवा फुटबलर नेमारसँग पनि सानदार निजी जेट छ । प्रेमिका ब्रुना माक्विजिनलाई साउ पोब्लोमा भेट्न जाँदा उनी बार्सिलोनाबाट इब्राएर लेगासी ४५० नामको जेटमा गएको खबर निकै चर्चामा रह्यो । १ करोड ८ लाख पाउन्ड मूल्यको उनको जेटको स्पिड प्रतिघण्टा ५ सय ३१ किलोमिटर छ । प्रतिदिन यो विमानले २९ सय माइल्स यात्रा गर्न सक्छ । नाइट भिजन क्यामरा र फ्लाइट भिजन सिस्टम जहाजको खास विशेषता हो । नेमारको जहाजमा नौजना यात्रु सहजै बस्न सक्छन् ।

वाइन रुनी (इंग्ल्यान्ड): इंग्लिस फुटबलर वाइन रुनी गत वर्ष मात्रै म्यानचेस्टर युनाइटेडबाट एभर्टनमा आबद्ध भए । इंग्लिस प्रिमियरका बेलायती फुटबलरमध्ये रुनीसँग महँगो जेट विमान छ । फाल्कोन ९०० एक्सएल नामको विमान किन्न उनले १ करोड ४० लाख पाउन्ड खर्चेका छन् । यो ६६ फिट लामो र २४ फिट अग्लो छ । युनाइटेडबाट एभर्टन जाँदा रुनीले यही विमान प्रयोग गरेका थिए । गत वर्ष दुबईमा बिदा मनाउन जाँदा पनि उनले फाल्कोन ९०० नै प्रयोग गरेका थिए ।

डेभिड बेकह्याम (इंग्ल्यान्ड) : डेभिड बेकह्यामले फुटबलबाट सन्न्यास धेरै अगाडि लिए पनि उनको लाइफस्टाइल वर्तमान स्टार फुटबलरको भन्दा कम छैन । अहिले पनि बेकह्याम बेलायताबाट अरू राष्ट्रको भ्रमण वा लामो दूरी यात्रा गर्दा निजी सेटमा सवार हुन्छन् । त्यसो त उनीसँग दुई विमान थिए, तर एउटा बेचिसकेका छन् । गएको दशकमा उनले बोम्ब्राडिएर सिरिजकै जेट प्रयोग गरे । हाल उनी बोम्ब्राडिएर च्यालेन्जर ३५० जेट प्रयोग गर्छन् । यसको मूल्य १ करोड ९० लाख पाउन्ड हो । विमानलाई थप आकर्षक बनाउन उनले थप १० लाख पाउन्ड खर्चेका छन् । बेकह्याम परिवार विदेश यात्रा गर्दा च्यालेन्जर ३५० नै प्रयोग हुुन्छ । यो विमान प्रतिघण्टा ५ सय २८ माइल्स र दिनमा ३२ सय माइल्स उड्न सक्छ ।

करिम बेन्जिमा : रियल मड्रिडका खेलाडी करिम बेन्जिमासँग पनि आफ्नै जेट विमान ५ । विजनेश एयरक्राफ्ट जेटमा १० जना अट्छन् । बेन्जिमाले यो विमान ११ मिलियन डलरमा किनेका हुन् । (श्रोत: लोकान्तर डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्