स्टार खेलाडी लियोनेल मेस्सीको गल्तीले अर्जेन्टिनालाई सुरुवातमै झड्का

स्टार खेलाडी लियोनेल मेस्सीको गल्तीले अर्जेन्टिनालाई सुरुवातमै झड्का

काठमाडौं, २ असार ।  स्टार खेलाडी लियोनेल मेस्सीको गल्तीले अर्जेन्टिनालाई सुरुवातमै झड्का लागेको छ ।  रसियामा जारी विश्वकपको  प्रवल दाबेदारको रुपमा हेरिएको  साविक उपविजेता अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ को बराबरी खेलेको छ । 
अर्जेन्टिनाले खेलको ६४ औं मिनेटमा पाएको  पेनाल्टीको अवसर  मेस्सीले  मिस गरेका हुन् । मेस्सीको प्रहार आइसल्याण्डका गोल रक्षक थोर हाल्डोरसनले रोकेका थिए ।  मेस्सीको पेनाल्टी मिसपछि पनि गोल गर्ने दुई ओटा सुन्दर मौका पाएपनि  सफल भएन । यसो त आइसल्याण्डले पनि गोल गर्ने ४  सुन्दर मौका गुमाउन पुगेको थियो ।

शनिबार राती सम्पन्न खेलमा  अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि त्यसलाई ४ मिनेटभन्दा बढी टिकाउन सकेन । अर्जेन्टिनाका लागि अर्जियो अग्युरोले १९ मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि आइल्याण्का खेलाडीले २३ औं मिनेटमा बराबरी गोल गरे ।  आइसल्याण्डका  अल्फ्रेओले २३ औं मिनेटमा बराबरी गोल गरेका हुन् ।

खेलमा ७८ प्रतिशत पोजिसन आफ्नो पक्षमा बनाएपनि गोल गर्न नसक्दा अर्जेन्टिनाले बराबरीमा चित्तमाात्रै बुझाउन बाध्य भएन  मेस्सीले पेनाल्टी मिस गर्दा  थप निराश पनि  बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्