बुढीगंगामा  बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुढीगंगामा  बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३ असार । मोरङको बुढीगंगा गाउँपालिकामा बसले ठक्कर दिंदा गम्भीर घाइते भएका साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ। को १ ख ४१८३ नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते भएका बुढीगंगा गाउँपालिका ४ बस्ने  बर्ष ४५ को कृष्ण बहादुर मगरको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

मगरलाई बुढीगंगा गाउँपालिका ३ स्थित राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको बसले ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्