पेनाल्टीमा चुकेपछि मेस्सीको प्रतिक्रिया : ‘म टुटेको छु’

पेनाल्टीमा चुकेपछि मेस्सीको प्रतिक्रिया : ‘म टुटेको छु’

काठमाडौं, ३ असार– आइसल्याण्डविरुद्धको शनिबारको खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनी कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्न चुक्दा आफू टुटेको प्रतिक्रिया दिएका छन् ।

मेस्सीले अघि भने, ‘पक्कै पनि पेनाल्टीमा चुक्दा म टुटेको छु, दुःख लागेको छ ।’ आइसल्याण्डको रणनीतिका कारण निकै कठिन भएको मेस्सीको भनाई छ । आफूहरूले पाइसकेको तीन अंक पनि लिन नसकेकोमा दुःखी रहेको उनले बताए । उनले भने, ‘विजयी सुरुवात जहिले पनि महत्वपूर्ण हुन्छ । तर अब हाम्रो ध्यान क्रोएसियासँगको खेलमा छ ।’

मेस्सीले योसँगै क्लब र राष्ट्रिय टिमबाट गरी पछिल्ला सात पेनाल्टीमा चार पेनाल्टीमा गोल गर्न सकेका छैनन् । अर्जेन्टिनाले अब आउँदो बिहीबार क्रोएसियासँग खेल्नेछ । विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा शनिबार पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डसँगको खेलमा अर्जेन्टिना १–१ को बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्