बिराटनगर असार ३ , रक्तदान समन्धी जनचेतना फैलाउने उदेश्य सहित बिराटनगरको ट्राफिक चोकमा युवाहरुले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । युथ फर ब्लड मोरङको आयोजनामा उक्त सडक संदेश तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा युवाहरुले सडकमा हिड्ने बटुवाहरुलाई रक्तदान समन्धी जानकारी दिएका थिए ।
कार्यक्रमबाट २ सय बढी मानिसलाई रक्तदान समन्धी जानकारी दिईएको कार्यक्रम संयोजक मनिषा साहले बताइन । युथ फर ब्लडले बिगत ६ वर्षदेखि रगतको क्षेत्रमा काम गर्दै आएको छ।