पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले रोक्यो

पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले रोक्यो

पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोकको छ । रसियामा जारी विश्वकप फुटबल अन्तरगत आइतबार राती सम्पन्न खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ को बराबरीमा रोकेको हो ।
खेलको २० औं मिनेटमा ब्राजिलका लागि  फिलिप कोटिन्होले गोल गर्दै टीमलाई अग्रता दिलाए । तर सो अग्रता ३० मिनेट भन्दा धेरै टिक्क सकेन । स्वीट्जरल्याण्डका स्टेभन जुबरले खेलको ५० औं मिनेटमा बराबरी गोल गोल फर्काए । त्यसपछि ब्राजिलले स्वीट्जरल्याण्डको पोस्टमा लगातार प्रहार गरेपनि गोल हुन सकेन । यस्तै स्वीट्जरल्याण्डले पनि  गोल गर्ने केहि मौका गुमाएको थियो । दुबै पक्षबाट बाँकी समयमा कुनै गोल हुन नसकेपछि रोस्तोभ अरिना रंगशालामा  भएको खेल बराबरीमा सकिएको हो । 

चार वर्ष पहिला आफैले आयोजना गरेको विश्वकपको सेमिफाइनलमा पराजय बेहोरेर बाहिरिएको ब्राजिललाई रुस विश्वकपमा पनि पहिलो खेलमै धक्का लाग्न पुगेको छ । भाल्मिर पेट्कोभिचको प्रशिक्षणमा लगातार चौथो पटक विश्वकपमा स्थान पक्का गरेको अाज ब्राजिललाई बराबरीमा राेक्ने  स्विट्जरल्यान्ड ६४ वर्षपछि प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड सन् २०१४ मा अन्तिम १६ को खेलमा अर्जेन्टिनासँगै पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

छनोट चरणका १० मध्ये ९ खेल जित्दै विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड फिफा विश्व वरीयताको छैटौं स्थानमा छ । यस्तै ब्राजिल फिफा विश्व वरीयताको दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्