पेट्रोलियम पदार्थको मूल्य घट्यो 

<span class='c1'>पेट्रोलियम पदार्थको</span> <span class='c2'>मूल्य घट्यो </span>

विराटनगर, ४ असार ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु ११३ थियो । प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान दुई÷दुई रुपैयाँ घटाइएको छ ।

अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर रु ९३ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्