तेह्रथुममा १५ वर्षीय बालिकालाई करणी गर्ने अहेब पक्राउ

तेह्रथुममा १५ वर्षीय बालिकालाई करणी गर्ने अहेब पक्राउ

तेह्रथुम, असार ४ । १५ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् ।

करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर गाउपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्जिव यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।

अहेब यादवले नाबालिकालाई ललाई फकाई करणी गरेको भन्दै बालिकाको परिवारले उजुरी दिएपछि प्रहरी चौकी शुक्रबारेले शनिबार यादवलाई पक्राउ गरेको थियो ।

उनलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्