असार दोस्रो साता एसईईको नतिजा सार्वजनिक हुने

असार दोस्रो साता एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं असार ४। एसईईको नतिजा सार्वजनिक गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले अन्तिम चरणको काम गरिरहेको जनाएको छ । अन्य वर्षको तुलनामा भने यस वर्ष नतिजा ढिलो हुने भएको छ ।
जेठको अन्तिम सातासम्म आउनु पर्ने रिजल्ट यस पटक असार दोस्रो सातासम्म मात्रै ल्याउन सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्ष भने प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ ।
पनिकाका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईईको नतिजा यस पटक अलि ढिला हुने जानकारी दिए । उनले असाढको दोस्रो साताको ८ गतेसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए । नियन्त्रक रेग्मीले अहिले आन्तरिक काम भइरहेको बताउँदै कापी जाँचको काम भ्याउँदै इन्ट्रिसमेत गर्दै गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्