कतै खोलाले बगायो, कतै ढुङ्गाले किच्यो

कतै खोलाले बगायो, कतै ढुङ्गाले किच्यो

विराटनगर, ४ असार ।
भोजपुर र झापामा प्राकृतिक प्रकोपका कारण २ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका १० दोमुखामा माईखोलाले बगाएर ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो । खोलाले बगाएर ल्याएको दाउरा काट्न जानेक्रममा बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै भोजपुरको षडानन्द नगरपालिका ३ मा माथीबाट खसेको ढुङाले लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय गाउँलेहरु मिलेर सिक्तेलटार–कुनालुङ जोड्ने गोरेटो बाटो खन्ने क्रममा माथिबाट ढुङा झरेर लाग्दा ६५ वर्षका श्रीप्रसाद राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्