भोजपुरमा माथिबाट खसेको ढुङाले लागेर मृत्यु

भोजपुरमा माथिबाट खसेको ढुङाले लागेर मृत्यु

भोजपुर, असार ४।

भोजपुरको षडानन्द नगरपालिका ३ मा माथीबाट खसेको ढुङाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ।

स्थानीय गाउँलेहरु मिलेर सिक्तेलटार-कुनालुङ जोड्ने गोरेटो बाटो खन्नेक्रममा माथीबाट ढुङा झरेर लाग्दा सोही ठाउँ बस्ने ६५ वर्षका श्रीप्रसाद राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ।

घटनास्थलमा कुदाकाउलेबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया लगायतका कार्य सम्पन्न गरिएको र शव पोष्टमार्टमकालागी जिल्ला अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्