सामाजिक दबाबपछि बाल विवाह रोकियो

<span class='c1'>सामाजिक दबाबपछि बाल</span> <span class='c2'>विवाह रोकियो</span>

विराटनगर, ४ असार ।
मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ मा उमेर नै नपुगी गर्न लागिएको किशोरीको विवाह सामाजकै पहलमा रोकिएको छ । साविक भौडाहा गाविसको खयरबना टोलकी १६ वर्षीया एक राजवंशी किशोरीको विवाह तय भएकोमा सामाजिक संस्था नारी विकास संघ र वल्र्डभिजनको पहलमा सार्वजनिक छलफल गराइ विवाह रोक्न लगाइएको संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले जानकारी दिइन । सोमबार वडा कार्यालयका प्रतिनिधि, राजीनितक दलका नेता, प्रहरी, सामाजिक संघसंस्थाका अगुवासमेतको सहभागितामा भएको छलफलपछि ती किशोरीको विवाह नगर्न सुझाव दिएपछि परिवार राजी भएको थियो ।
कक्षा १० मा स्थानीय विद्यालयमा पढ्दै आएकी किशोरीको विवाह नातामा आफ्नै भिनाजुसँग गर्ने गरी तयारी भएकोमा परिवारले सामाजिक सुझावपछि रोक्ने निर्णय गरेको थियो । मोरङका ग्रामीण क्षेत्रमा अहिले पनि बालविवाह हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्