विराटनगरसँग वेलायतका राजदुतको भगिनी सम्वन्ध स्थापित गर्ने ईच्छा

विराटनगरसँग वेलायतका राजदुतको भगिनी सम्वन्ध स्थापित गर्ने  ईच्छा

विराटनगर ४ असार ।
नेपालकालागि बेलायतका राजदुत रिचर्ड मोरिसले विराटनगर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने ईच्छा रहेको बताएका छन् । विराटनगर महानगर पालिका र वेलायतको कुनै एक सहर एक आपसमा भगिनी सम्वन्ध कायम गर्न आफु उत्साहित रहेको वताएका हुन । विराटनगर महानगरमा सोमवार भएको छलफलमा राजदुत मोरिसले विकासमा हिसावले विराटनगर महानगरसँग बेलायतको कुनै सहरसँग भगिनी सम्बन्ध स्थापित गर्ने आफ्नो ईच्छा भएको बताएका हुन् ।
राजदूत मोरिसले नेपालमा नयाँ संरचना अनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले भ्रष्टाचार मुक्त समाज, शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल,सम्पर्क अधिकृत रत्नाकर झा ,बरिष्ठ इन्जिनियर भरत न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्