‘मिस्टर एण्ड मिस टिन २०१८’ को उपाधी भुपेन्द्र र साक्षीलाई

‘मिस्टर एण्ड मिस टिन २०१८’ को उपाधी भुपेन्द्र र साक्षीलाई

विराटनगर ४ असार । मञ्जिना मुभिज क्रिएसनको आयोजनमा भएको ‘मिस्टर एण्ड मिस टिन २०१८’ को उपाधी भुपेन्द्र भट्टराई र साक्षी शाक्यले चुमेका छन् । विराटनगरको विरेन्द्र सभागृहमा भएको अन्तिम ग्राण्ड फिनालेमा फष्ट रनर अफ कविता बुढाथोकी, रोकन कर्ण र सेकेण्ड रनरअप साक्षी कार्की, रोमन बस्नेत भएका छन् ।
त्यसैगरी भिवर्स च्वाईसमा श्वेता देव, अभिनाशकुमार साह , मिस्टर एण्ड मिस क्याटवक श्याम जैसवाल, ऋदिका गुप्ता, वेष्ट ड्रेस निसान राई, अंञ्चल राना मगर, मिस्टर एण्ड मिस फिजिक राघव खतिवडा, अस्मिका बञ्जरा ,वेष्ट स्माईल कोनेन् साह ,स्मृति सञ्जेल, वेष्ट लिक्टेचर लुनाराना मगर, उत्सव श्रेष्ठ, वेष्ठ फ्रेन्डसिपमा भुपेन्द्र भट्टराई , कविता बुढाथोकी, एथ्लेटिक शसांक कार्की, गरिमा गौतम , वेष्ट प्रसानालिटीमा शंसाक कार्की, प्रिया विष्ट , क्याटवल्कमा रित्तिका गुप्ता, रागव खतिवडा, वेष्ट चार्म निसान विके, निकीता क्षेत्री, फोटो जेनिक स्याम जेसवाल, अंकिता थापा, डिसीप्लीन अर्नल चौधरी , निस्मा श्रेष्ठले सव टाईटल प्रांप्त गरेका थिए ।
‘मिस्टर एण्ड मिस टिन २०१८’ को निर्णायक मण्डलहरुमा फेशन डिजाईनर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर, नायिका निता ढुङ्गाना, उत्तम श्रेष्ठ, सन्देश दास श्रेष्ठ, शिल्पा निराला कार्की रहेका थिए । ग्राण्ड फिनालेमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विराटनगरमा रहेको द टच डान्स स्टुडियोका कलाकारहरुले नृत्य प्रस्तुत गरेको प्रबन्ध निर्देशक रोनक अग्रवालले जानकारी दिए ।
पूर्वमा पहिलोपटक आयोजना गरिएको ‘मिस्टर एण्ड मिस टिन २०१८’ लाई हरेक वर्ष निरन्तरता दिदै जाने मन्जिला मुभिज क्रियसनका निर्देशक जतिन ताम्रकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्