विश्वकप फुटवल प्रतियोगिता : पहिलो खेलमा स्वीडेन विजयी

विश्वकप फुटवल प्रतियोगिता : पहिलो खेलमा स्वीडेन विजयी

४ असार।  विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।
खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो । 
कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे । अन्ततः स्वीडेनले आफ्ना समर्थकहरूलाई खुशी पार्न सक्षम भयो । खेलमा दुवै देशका खेलाडीहरूले निकै मेहनत गरेका थिए ।
रुसको निज्नी नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने छ बजेदेखि खेल सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्