विराटनगरका पत्रकारलाइ संसदीय रिपोर्टिङ अभ्यास तालिम

<span class='c1'>विराटनगरका पत्रकारलाइ संसदीय</span> <span class='c2'>रिपोर्टिङ अभ्यास तालिम</span>

विराटनगर, ५ असार ।
नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा सोमबार होटल एसिया टिकमा एक दिने संसदीय रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा तालिम भएको हो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले संसदीय अभ्यास र सैद्धान्तिक पाटाहरु, संसदको रिर्पाेटिङ, तथ्य सहित समाचार सम्प्रेषण, संसदीय असल अभ्यासको पालना, वहस, चर्चा वा विवाद , तर्क, वितर्क ,पैरवी, वहस, चर्चा वा विवाद , सूचनाको परीक्षण, संसदमा प्रेसमा पहुंच भन्नु नै जनताको पहुंच, पत्रकारको नियम, श्रोतको पहिचान, पेशागत निष्ठा, सरकारमाथी संसदको नियन्त्रणका विषयमा जानकारी दिए ।
यसैगरी कान्तिपुरका वरिष्ठ समाचारदाता हरिवहादुर थापाले संसदीय पत्रकारिताको कार्य क्षेत्र,संसदको काम, संसद भित्र दुई दीर्घा,संसदीय प्रक्रिया, वैठक पद्धति, मन्त्रीसंग प्रश्नोत्तर, विधेयक वा प्रस्ताव, सरकारी वा गैर सरकारी विधेयक, आश्रित विधेयक, स्थगन प्रस्ताव, अन्य प्रस्ताव, निर्णय मत प्रकिया, संसदीय समिति पद्धति,संसदको विशेषाधिकारका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा प्रदेश सभामा समाचार संकलन गर्ने राष्ट्रिय, स्थानीय पत्रपत्रिका, एफ एम , टेलिभिजन र अनलाइनका गरी करीव ३० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्