डा. उपेन्द्र देवकोटाको शव श्रद्धाञ्जलीका लागि अस्पतालमा, काज किरिया ७ दिनको गरिने

<span class='c1'>डा. उपेन्द्र देवकोटाको शव श्रद्धाञ्जलीका लागि</span> <span class='c2'>अस्पतालमा, काज किरिया ७ दिनको गरिने</span>

काठमाडौं । वरिष्ठ स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ चिकित्सक देवकोटाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ८ बजेदेखि दिउसो १ बजेसम्म न्यूरो अस्पतालमा राखिएको छ ।

८ बजे नै उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पताल परिसरमा राखिएको छ । अस्पतालले सोमबार नै जारी गरेको विज्ञप्तिमा १ बजेसम्म अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उल्लेख छ ।
उपचारकै क्रममा डा. देवकोटाको निधन भएको हो ।

पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटा करिब ६ महिना पहिले बेलायतमा उपचार गरि स्वदेश फिर्ता भएका थिए । सोमबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।
“यस अस्पतालका संस्थापक प्रा. डा. देवकोटाको स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम यस अस्पतालले आखिरसम्म उहाँको सेवा गर्न पाएकोमा गर्वानुभूति गर्दै  उहाँको उपचारमा संलग्न सम्पूर्ण चिकित्सक समुदाय तथा स्वास्थ्यकर्मीहरुमा कृतज्ञता जनाउँदछौं,” न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०१० सालमा गोरखाको पण्डित गाउँमा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो ।  उनको काज किरिया भने ७ दिनमा सम्पन्न गरिने अस्पताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्