ईटहरीबाट चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ

ईटहरीबाट चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ

सुनसरी, असार ५ गते।

सुनसरीको ईटहरी ४ बाट प्रहरीले चोरीको ल्यापटप र मोवाईलसहित सोमबार तीन जनालाई पक्राउ गरेको छ।

ईटहरी-४ का बिशाल परियार चोरीको एक थान मोवाइलसहित पक्राउ परेपछि उनका दुई जना साथीलाई मोवाइल र ल्यापटपसहित पक्राउ परेका हुन। ईटहरी स्थित मेडिकल अगाडीबाट जेष्ठ २० गते चोरी भएको Samsung J7 Prime मोवाइलसहित परिया सोमबार राती बुढीखोलाबाट पक्राउ परेका थिए।

परियारसंग गरिएको प्रारम्भीक सोधपुछ पश्चात प्रहरिले उनका साथीहरु ईटहरी ४ बस्ने रोशन चापागाई र मनिष राईलाईसमेत डेल  ल्यापटप एक थान र  मोवाइलसहित कोठाबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्