धनकुटामा बस दुर्घटना, ३० जना घाइते

<span class='c1'>धनकुटामा बस दुर्घटना,</span> <span class='c2'>३० जना घाइते</span>

धनकुटा , ५ असार। कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा मंगलबार दिउँसो बस दुर्घटना भएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । रौतहटबाट कृषि सम्बन्धी अनुसन्धानको लागि धनकुटातर्फ भ्रमणमा आएको ना ५ ख ३३२८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुदाँ दुई दर्जनभन्दा बढी घाइते भएका हुन् ।

३४ जना यात्रु रहेको बसमा दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी चौकी भेडेटार धनकुटाका प्रहरी नायव निरीक्षक म्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।

बसमा सवारमध्ये ४ जना सकुशल रहेका छन् भने अन्य सामान्य घाइते भएका छन् । उनीहरु सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्