विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो

विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् ।

खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् ।

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाएका छन् । स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सिमित भएपछि अझ दबाबमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्