विराटनगर-१२ को सुकुम्बासी बस्ती भत्काउन लागेपछि सुकुम्बासीहरु आन्दोलित

<span class='c1'>विराटनगर-१२ को सुकुम्बासी बस्ती</span> <span class='c2'>भत्काउन लागेपछि सुकुम्बासीहरु आन्दोलित</span>

बिराटनगर असार ६ , विराटनगर महानगरपालिकाले विराटनगर १२ सिमराही टोलस्थित सुकुम्बासी बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन् ।
विराटनगर १२ स्थित सिमराही टोलका सुकुम्बासीहरुले विराटनगर महानगरपालिको बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेकोमा आन्दोलित भएका छन् । तर सडक बिस्तारका नाममा बिना विकल्प बस्ती भत्काउने काम भएमा आफूहरु आन्दोलन गर्ने बताएका छन् ।
गत बर्ष डुबानमा परेका सुकुम्बासीले यो वर्ष मात्रै बस्ती भर्खर मात्रै नयाँ टहरा बनाएर बसेका छन् । ४० घरपरिवारमा रहेका सुकुम्बासीहरुले बर्खाको समय आइसकेकाले महानगरपालिकाले भत्काउने सुचना जारी गरेसँगै चिन्तित बनेका छन् । यता प्रदेश सांसद केदार कार्कीले महानगरपालिका र सम्बन्धीत पक्षसँग कुराकानी गरेर उचित व्यवस्थापनमा जोड दिने बताउनु भयो ।
विराटनर १२ का वडाध्यक्ष हिरालाल कामतले सुकुम्बासीलाई व्यवस्थापन गरेर मात्र अगाडि बढ्ने बताउनु भयो ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडक मापदण्ड भित्रका घरटहरा भत्काउने बताउदै सुकुम्बासी बस्तीको व्यवस्थापनका लागि उचित पहल गर्ने बताउनु भयो ।
सडक बिस्तार गर्दा लाग्ने जमिन दिन भने आफूहरु तयार रहेको सुकुम्बासीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्