विराटनगरको फोहोर उठाउन जाजुले दिए महानगरलाई काइनेटिक ट्रिपर

<span class='c1'>विराटनगरको फोहोर उठाउन जाजुले</span> <span class='c2'>दिए महानगरलाई काइनेटिक ट्रिपर</span>

प्रेम देवान, विराटनगर ६ असार । विराटनगर महानगरपालीका भित्र फोहोर मैलाको अझै उचित व्यावस्थापन हुन सकिरहेको छैन् । महानगरले सबैभन्दा बढी रकम पनि फोहोर मैला व्यावस्थापन कै निमित्त भनेर खर्च गरिरहेको छ । महानगरले हरेक बर्ष एक करोड ३८ लाख फोहोर मैला व्यावस्थापनको निमित्त खर्च गर्दै आएको छ ।

यसैविच विराटनगरको महानगरपालीकाको फोहोर मैला उचित व्यावस्थापनमा टेवा पुगोस भनेर विराटनगर एक युवा उद्यमीले महानगरलाई एक थान काइनेटिक हाइड्रोलिक गार्भेज इलोक्ट्रोनिक ट्रिपर प्रदान गरेका छन् । ग्रिन मोटरका सञ्चालक आशिस जाजुले विराटनगरको फोहोर मैलाको उचित व्यावस्थापनमा सहयोग पुगोस भनेर महानगरलाई साचो तथा ट्रिपर हस्तान्तरण गरेका छन् । नगरभित्रका साना गल्लीहरुमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरलाई ट्रिपर हस्तान्तरण गरिएको जाजुले जानकारी दिए । करिब ५ लाख २५ हजार मूल्य वरावरको ट्रिपरले ४ सय केजी फोहोर उठाउन सकिने छ ।

ट्रिपर बुझ्दै महानगरका मेयर पराजुलीले समाजका हरेक क्षेत्रबाट हुने सहयोगले विराटनगरलाई सुन्दर बनाउन सकिने बताए । काइनेटिक हाइड्रोलिक गार्भेज इलोक्ट्रोनिक ट्रिपर विराटनगर महानगरपालीकाका फोहोर मैला व्यावस्थापनका संमन्त्रहरुले नै प्रयोग गर्ने महानगरले जनाएको छ । अहिले विराटनगर विराटनगरको फोहरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट प्रालि जेभीकासँग मिलेर काम गरिरहेको छ ।

विराटनगर महानगर भित्र अहिले २१ वटा ट्याक्टर फोहोर मैला उठाउनको लागी प्रयोग गरिदै आएको फोहोर मैला व्यावस्थापन परियोजना विराटनगरका प्रमुख देवि आर्चायले आवर विराटनगरलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्