उरुग्वे र रुस ‘समूह ए’ बाट १ खेल अगावै अन्तिम १६ मा

उरुग्वे र रुस ‘समूह ए’ बाट १ खेल अगावै अन्तिम १६ मा

काठमाडौं, ७ असार ।  लुइस सुआरेजको एक मात्र गोलको मद्दतमा उरुग्वे र रुस 'समूह ए'बाट १ खेल अगावै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । सोही समूहमा रहेका इजिप्ट र साउदी अरेबियाको यात्रा भने समूह चरणमै समाप्त हुने भएको छ ।साउदी अरेबियाविरुद्ध गएराति भएको खेलको २३औं मिनेटमा सुआरेजले गरेको एकमात्र गोल उरुग्वेको जीतका लागि निर्णायक बन्यो ।थप अवधिमा दुवै टोलीबाट गोल हुन सकेन र खेल उरुग्वेले जित्यो ।जीतसँगै उरुग्वेले ६ अंक जोडेको छ । रुसको यसअघि नै ६ अंक छ । इजिप्ट र साउदी अरेबिया भने अंकविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्